राष्ट्रपति रनिङ शिल्ड सुरु
64x64
२०७९ फाल्गुण ०३ बुधबार प्रेसपालिका संवाददाता
357 Views

रुकुम पश्चिम ३, फागुन ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । वडानम्बर -३, को बेल्टापु खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

यहि फागुन ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा छोटो तथा लामो दुरी (२ सय मिटर देखि ३ हजार मिटर सम्मको ) दौड प्रतियोगिता,  भलिबल प्रतियोगिता, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट र हाईजम्प लगायतका विभिन्न ७ विधाका प्रतियोगिताहरु सञ्चालन हुने सानीभेरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत भूपाल सिं विष्टले जानकारी दिनुभयो ।

सानीभेरी माध्यमिक विद्यालय बलिबाङको आयोजना रहेको रनिङ शिल्डमा गाउँपालिकाका १३ वटा विद्यालयको सहभागिता रहेको छ

गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टको अध्यक्षतामा उद्घाटन रनिङ शिल्डमा जिल्ला समन्वय समिति उप प्रमुख दिपेन्द्र बिकको प्रमुख आतिथ्यता रहेको छ । गाउँपालिकाका ११ वटै वडाका वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शाखा अधिकृत विष्टले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News