बुढा र रावतले जिते गुरिल्ला म्याराथनको उपाधि
64x64
२०७९ फाल्गुण ०१ सोमबार प्रेसपालिका संवाददाता
624 Views

रुकुम पश्चिम १, फागुन ।
रुकुम पश्चिमको सानीभेरी गाँउपालिकामा आयोजित पाँचौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथनको पुरुष तर्फको उपाधि मुसिकोट नगरपालिका -७ साँखका धावक दुर्गा बुढाले जितेका छन् ।  पुरुष तर्फको निर्धारित ४६ किलोमीटरको दुरी ४ घण्टा ५८ मिनेटमा पार गर्दै बुढाले गुरिल्ला म्यारथनको उपाधि हात पार्नु भएको हो

। त्यस्तै भोजपुरका उमेश राईले ५ घण्टा ४ मिनेटमा उक्त दुरी पार गर्दै दोस्रो हुनुभएको छ । ५ घण्टा ११ मिनेटमा दुरी पार गर्दै सानीभेरी गाउँपालिका -३, का अर्जुन कुमार बस्नेत तेस्रो हुनुभएको छ । ५ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गर्दै रुकुम पुर्वका हिमाल बुढा चौथो हुनुभएको छ ।

पुरुष म्यारथन तर्फ प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ४५ हजार र चौथो हुनेले १५ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । साथै दशौ स्थान सम्म आउने धावकहरुले ३ हजारका दरले पुरस्कार प्राप्त गरेको बताइएको छ ।

त्यस्तै महिला तर्फ निर्धारित ३४ किलोमिटर दुरी ३ घण्टा २४ मिनेटमा पार गर्दै जुम्लाकी मञ्जु रावतले महिला तर्फको उपाधि हात पार्न सफल हुनुभएको छ । खोटाङकी प्रिया राईले निर्धारित दुरीमा ३ घण्टा ३४ मिनेटमा पार गर्दै दोस्रो हुनुभएको हो । ३ घण्टा ४१ मिनेटमा निधारित दुरी पार गर्दै  जुम्लाकि राज्यलक्ष्मी रावत तेस्रो हुनुभएको छ । ३ घण्टा ४२ मिनेटमा निर्धारित दुरी पार गर्दै सुर्खेतकी बिन्दु हमाल चौथो हुनुभएको छ ।

महिला म्याराथन तर्फ प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार तथा चौथो हुनेले १० हजार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै १०औ स्थान सम्म आउनेलाई ३ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

गुरिल्ला म्याराथनको पुरुष तर्फ ६१ जना धावक र महिला तर्फ २१ जना धावकको सहभागिता रहेको आयोजक सानीभेरी गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले सशस्त्र जनयुद्धको बेला तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गदै आएको छ । सानीभेरी गाउँपालिकाको प्रशासनिक केन्द्र सिम्ली देखि तत्कालिन माओवादीले सेना उत्पादन गरेको मौराखारा सम्मको बाटोमा गाउँपालिकाले हरेक बर्ष जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।बुढा र रावतले जिते गुरिल्ला म्याराथनको उपाधि - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News