जिपुमा खेलकुद प्रतियोगिता हुने
64x64
२०७९ माघ २६ बिहिबार प्रेसपालिका संवाददाता
94 Views

रुकुम पश्चिम २६, माघ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -२, जिपुमा फागुन १ गते देखि ३ गतेसम्म संचालन हुने मेलगैरी युद्ध पर्यटन तथा जनवादी मेलामा विविध खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । स्यार्पु यूवा तथा खेलकुद विकास समिति बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको आयोजनामा खेलकुद प्रतियोगिता हुने भएको हो ।

फागुन १ गते देखि ३ गते सम्म लाग्ने मेलगैरी युद्ध पर्यटन तथा जनवादी मेलामा बाँफिकोट गाउँपालिका स्तरीय पुरुष/महिला डबल ब्याडमिन्टन, लोकदोहोरी, बुढाले बुढीलाई बोक्ने, रस्साकस्सी लगायतका खेलकुद प्रतियोगिताको आयोजना गरिएको स्यार्पु यूवा तथा खेलकुद विकास समिति बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष सन्देश कुमार केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा विजेता हुने जोडीले २० हजार, उपबिजेताले १५ हजार र सान्वता हुने २ टिमले ५/५ हजार पुरस्कार प्राप्त गर्ने बताउनुभयो । त्यस्तै महिला ब्याडमिन्टनको विजेता टिमले १५ हजार, उपबिजेताले १० हजार र सान्वता हुने २ जोडीलाई २५/२५ सय पुरस्कार प्राप्त गर्नेछन् ।

अन्य प्रतियोगिताका प्रतियोगीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । साथै मेलामा उपस्थित पन्चेबाजा, सिंगारु, र मयूर नाचलाई उचित पुरस्कारको व्यवस्था गरिएकोे स्यार्पु यूवा तथा खेलकुद विकास समिति बाँफिकोट गाउँपालिका  रुकुम पश्चिमका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

खेलकुद प्रतियोगितामा सहभागी हुन खेलाडीले माघ २९ गते साँझ ५ बजेसम्म दर्ता गर्न सक्ने र फागुन १ गते बिहान ८ बजे देखि खेल सञ्चालन हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News