पापिनी मेलामा खुला पुरुष भलिबल आयोजना हुने
64x64
२०७९ माघ ०७ शनिबार प्रेसपालिका संवाददाता
535 Views

रुकुम पश्चिम ७, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७, साँखमा परम्परागत रुपमा लाग्दै आएको पापिनी मेलाको अवसरमा ठूलीदह युवा कल्बको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । भलिबल खेलको बिकास तथा बिस्तार एवम् प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरुप पापिनी मेला २०७९ तथा खेलकुद कार्यक्रम अन्तर्गत खुला पुरुष भलिबल सञ्चालन हुन लागेको हो ।

यहि माघ १३ गते देखि सुरु हुने प्रतियोगितामा भलिबल लगायत अन्य प्रतियोगिताको आयोजना गरिएको ठूलीदह युवा कल्बका अध्यक्ष दिपेन्द्र बुढा मगरले बताउनुभएको छ ।

खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ६५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुने टिमले भने ३० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र र उदयमान खेलाडीले ३ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् ।

खेलाडीहरुले माघ १३ गते बिहान सम्म दर्ता गरिसक्नु पर्ने र माघ १३ गते दिउँसोबाट खेल सञ्चालन हुने कल्बका अध्यक्ष बुढाले जानकारी दिनुभएको छ ।

हरेक वर्ष माघ १५ र १६ गते साँखमा पापिनी मेला लाग्दै आएको छ । माघ १५ गते पापिनी बिहे गर्ने र १६ गते मेला लाग्ने चलन रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News