रुकुम पश्चिम ५, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -३, चौखेमा यहि माघ ९ गते देखि १२ गतेसम्म तेस्रो वडा अध्यक्ष कप खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । वडानम्बर -३, को आर्थिक सहयोग तथा युवा तथा खेलकुद विकास समिति सानीभेरी गाउँपालिकाको आयोजनामा कार्यक्रम सञ्चालन हुन लागेको हो ।
कार्यक्रममा खुला शुद्ध वडा स्तरीय पुरुष भलिबलका साथै विविध साँस्कृतिक कार्यक्रम सञ्चालन हुने युवा तथा खेलकुद बिकास समिति सानीभेरी गाउँपालिका रुकुम पश्चिमका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो ।
खुला शुद्ध वडा स्तरीय पुरुष भलिबलमा प्रथम, दोस्रो र तेस्रो हुने समूहले क्रमश: ७५, ५५ र २५ हजार सहित मेडल ट्रफी र प्रमाणपत्र हात पार्ने छन् । खेलाडीहरुले माघ ९ गते बिहान १२ बजेसम्म खेल दर्ता गर्न सक्नेछन् । खेलकुद कार्यक्रम माघ ९ गते दिउँसो १ बजेदेखि सुरु हुने सदस्य सचिव नकालले बताउनुभएको छ ।
साँस्कृतिक कार्यक्रम भने माघ १२ गते हुनेछ ।