दोस्रो सिस्ने ट्रेल रेस सम्पन्न
64x64
२०७९ माघ ०४ बुधबार प्रेसपालिका संवाददाता
252 Views

प्रचण्ड खत्री
रुकुम पश्चिम ४, माघ ।
रुकुम पश्चिममा दोस्रो सिस्ने ट्रेल रेस बुधबार सम्पन्न भएको छ । ट्रेल रेस अन्तर्गत २१ किलोमिटर खुला पुरुष ट्रेल रेस र १० किलोमिटर खुला महिला ट्रेल रेस सम्पन्न भएको हो ।

सिस्ने ट्रेल रेस समितिका अध्यक्ष नरेश पुनका अनुसार पुरुषतर्फ छिनखेत देखि आठबिसकोटको राडी र महिला तर्फको नदुवा देखि राडी बजार सम्मको ट्रेल रेस सम्पन्न भएको छ । पुरुष दौडमा सुमन कुलुङ प्रथम भएका छन् । उनले १ घन्टा ३४ मिनेटमा २१ किलोमिटर दुरी  पार गरेका हुन् ।

त्यस्तै प्रताप खड्काले १ घन्टा ४० मिनेटमा २१ किलोमिटर दुरी पार गर्दै दोस्रो स्थान हासिल गरेका छन् । देवराज महतराले भने १ घन्टा ४१ मिनेट दुरी पार गर्दै तेस्रो स्थान प्राप्त गरेको आयोजकले बताएको छ ।

ट्रेल रेसमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ६० हजार ४० हजार र २० हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै चौथो देखि दशौं स्थान सम्म आउनेलाई नगद ४ हजार र प्रमाणपत्रले सम्मान गरिएको छ ।

यसैगरी महिला तर्फ १० किलोमिटर दुरी पार गर्दै १ घन्टा ४१ मिनेटमा बिमला कार्की प्रथम भएकी छन् ।  जमुना बुढा १ घन्टा ४२ मिनेटमा दोस्रो र गगां बुढा र बिन्दु हमालले १ घन्टा ४३ मिनेटमा दुरी पार गर्दै तेस्रो भएका छन् ।उनीहरुले क्रमशः २० हजार, १४ हजार र ८ हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले बताएको छ ।

महिलातर्फ पनि चौथो देखि दशौं स्थान आउनेलाई ४ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News