डाँडाछिबाङ्ग पापिनी मेला सकियो
64x64
२०७९ माघ ०४ बुधबार प्रेसपालिका संवाददाता
995 Views

रुकुम पश्चिम ४, माघ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -१३, मा परम्परागत रुपमा लाग्दै आएको डाँडाछिबाङ्ग पापिनी मेला सम्पन्न भएको छ । उदय युवा कल्बको आयोजना र मुसिकोट नगरपालिका – १३ को आर्थिक सहयोगमा मेला सम्पन्न भएको हो ।

मेलाको अवसरमा वडा स्तरीय पुरुष भलिबलका साथै विभिन्न स्थानीय झाँकी र पापिनी बिहे गरिएको वडा अध्यक्ष खल बहादुर खड्काले जानकारी दिनुभयो ।

वडा स्तरीय पुरुष भलिबलमा आयोजक `ए´ टिम प्रथम भएको छ । त्यस्तै चौरजहारी नगरपालिका वडानम्बर -१२, दोस्रो हुँदा सानीभेरी गाउपालिका वडानम्बर -३ ले तेस्रो स्थान हाँसिल गरेको छ । विजेता खेलाडीहरुले क्रमश ३० हजार,२० हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

माघ १ गते देखी सञ्चालन भएको पापिनी मेला माघ ३ गते सम्म सञ्चालन भएको थियो । उदय युवा कल्बका अध्यक्ष कृष्ण कुमार ददेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा अध्यक्ष खल बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वडा सदस्य, शिक्षक, स्थानीय बुद्धिजीवि पत्रकार लगायतको उपस्तिथि रहेको घनश्याम खड्काले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News