त्रिवेणी मेला उद्घाटन
64x64
२०७९ पुष २९ शुक्रबार प्रेसपालिका संवाददाता
198 Views

रुकुम पश्चिम २९, पुस ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका  -११, मा शुक्रबार त्रिवेणी मेला उद्घाटन गरिएको छ ।  परम्परागत रूपमा लाग्दै आएकाे माघी त्रिवेणी मेलाकाे मुसिकाेट नगरप्रमुख महेन्द्र केसी द्वारा उद्घाटन गरिएको हो ।

नगरपालिकाको वडानम्बर -६, ४ र ११ काे संयुक्त आयाेजनामा ट्याखाेला स्थित परम्परागत त्रिवेणी मेला आयोजना गरिएको त्रिवेणी मयूर युवा  क्लबले वताएको छ । मेलामा पुरूष भलिबल, एकल नृत्य, लाेक दाेहाेरी, भाले तान्ने, घैंटाे फाेर, रस्साकसी प्रतियोगिता हुने छन् । त्यस्तै हाजिरी जवाफ (कक्षा १० सम्मका विद्यार्थी), साँस्कृतिक झाँकी प्रदर्शन लगायतका प्रतियाेगिता हुने बताइएको छ । प्रतियोगिताका विजेतालाई पदक, प्रमाणपत्र र नगद पुरस्कारकाे व्यवस्था गरिएकाे छ ।

मेला उद्घाटनमा तीनवटै वडाका अध्यक्ष निर्मल कुमार पुन, भानु मल्ल र गाेविन्द बुढा, झुल्खेत प्रहरी चाैकी इन्चार्ज टिकाराम बिक नगर कार्यपालिका सदस्य रचना पुन मगर लगायतकाे आतिथ्यता रहेको थियो ।

क्लबका अध्यक्ष कृष्ण बहादुर पुनकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन बालकल्याण मावि झुल्खेतका शिक्षक खडानन्द शर्माले गर्नुभएकाे थियाे । मेला माघ २ गते समापन गरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News