सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश
64x64
२०७९ पुष २८ बिहिबार प्रेसपालिका संवाददाता
257 Views

रुकुम पश्चिम २८, पुस ।
उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउन दिएको आदेश विरूद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

लामिछानेलाई असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News