
रुकुम पश्चिम २७, पुस ।
नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।
लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएकाे छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएकाे छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएका छन् ।
लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाएका छन् ।
