खेलकुद प्रतियोगिता हुने
64x64
२०७९ पुष २१ बिहिबार प्रेसपालिका संवाददाता
234 Views

रुकुम पश्चिम २१, पुस ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -१०, चुनमा माघेसक्रान्तिको अवसरमा लाग्ने चुन मेलामा विविध खेलकुद प्रतियोगीताको आयोजना गरिएको छ । सहिद कामि बुढा विजय छहरा युवा कल्बको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता यहि पौष २६ गते देखि माघ १ गते सम्म सञ्चालन हुने र मेला भने माघ १ गतेका दिन लाग्ने कल्बका अध्यक्ष श्रीकृष्ण कठायतले जानकारी दिनुभयो ।

मेलाको अवसरमा खुला वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल, पुरुष खुला डबल ब्याटमिन्टन, घैटो फोर, डोरी तान्ने एकल नृत्य, लोकदोहोरी लगायत प्रतियोगिता आयोजना गरिएको छ ।

भलिबल खेलमा विजेता हुने टिमले नगद ५१ हजार ५ सय ५० सहित कप मेडेल प्रमाण पत्र हात पार्ने छन् । त्यस्तै उप–विजेता हुने टिमले नगद ३० हजार सहित मेडल प्रमाण पत्र हात पार्दा सात्वना हुने २ टिमले नगद १०-१० हजार सहित मेडल प्रमाण पत्र पाउने अध्यक्ष कठायतले जानकारी दिनुभयो ।

त्यस्तै महिला भलिबमा विजेता हुने टिमले १५ हजार सहित कप मेडल र प्रमाण पत्र पाउनेछन् । उप–विजेता हुने टिमले ११ हजार सहित मेडल र प्रमाण पत्र पाउदा सात्वना हुने २ टिमले ५-५ हजार सहित मेडल प्रमाण पत्र पाउनेछन् ।

त्यस्तै अन्य विधामा सहभागी प्रतियोगीहरुलाई पनि नगद सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ ।

मेलामा प्रमुख प्रायोजकको रुपमा मुसिकोट नगरपालिका वाडानम्बर -१० रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News