रुकुम पश्चिम ५, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -७, मा सञ्चालित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । मुसिकोट युथ कल्बको दोस्रो बार्षिक उत्सव तथा हिन्दु नेपालीको दोस्रो महान पर्व शुभ दिपावलीको अवसरमा आयोजित खेलकुद प्रतियोगिता सम्पन्न भएको हो ।
यहि कात्तिक १ गतेदेखि सञ्चालित खेलकुद प्रतियोगितामा खुला पुरुष भलिबल, खुला पुरुष डबल ब्याटमिन्टन, रस्साकस्सी, भाले तान्ने र घैटो फोर प्रतियोगिता सम्पन्न गरिएको आयोजकले बताएको छ ।
भलिबल प्रतियोगितामा पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्र प्रथम भएको छ । बाफिकोट गाउँपालिका दोस्रो, गोर्खा ट्रेनिङ्ग सेन्टर रुकुम पश्चिम तेस्रो हुँदा ठूलीदह युवा क्लब सान्त्वना भएको कल्बका अध्यक्ष देबीलाल बिकले जानकारी दिनुभएको छ । बिजेता टोलीले क्रमश: ६५ हजार, ३५ हजार, २० हजार र १० हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यस्तै खुला पुरुष डबल ब्याटमिन्टन प्रतियोगितामा गिर्भान पुन र महेन्द्र पुनको जोडी विजेता हुँदा विशाल बिष्ट र इश्वर रावलको जोडी उपविजेता भएको छ । ओपेन्द्र बोहरा र महेन्द्र केसी तथा कमानसिं ओली र भुवन ओलीको जोडी भने सात्वना भएको छ ।
बिजेता, उपविजेता र सान्त्वना हुने जोडीले क्रमश: २५ हजार र १५ हजार सान्तवना दुई टिमलाई ५/५ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
रस्साकस्सी प्रतियोगितामा याम बहादुर केसीको समूह प्रथम, लोक बहादुर पाण्डेको समूह दोस्रो र किरण बिष्टको समूह तेस्रो भएको छ । महिला रस्साकस्सी प्रतियोगितामा भने सुनिता गिरीको समूह प्रथम र गीता रावलको समूह दोस्रो भएको छ । घैटोफोर प्रतियोगितामा कमानसिं बि.क. बिजेता हनुभएको छ ।
कल्बका अध्यक्ष देबीलाल बिकको अध्यक्षतामा भएको समापन कार्यक्रममा मुसिकोट नगपालिका वडानम्बर -७, का वडा अध्यक्ष एक्क बहादुर पाण्डेको प्रमुख आतिथ्यता रहेका थियो । कार्यक्रमको सन्चालन क्लबका सहसचिब गोबिन्द राज पान्डेले गर्नुभएको थियो ।
