ट्याखोलामा फुटबल प्रतियोगिता
64x64
२०७९ कार्तिक ०२ बुधबार प्रेसपालिका संवाददाता
356 Views

रुकुम पश्चिम २, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -६, को ट्याखोलामा दिपावलीको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ट्याखोला खेलकुद संघको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

“सबैका लागी फुटबल” भन्ने उद्देश्यका साथ खेल सञ्चालन गर्न लागिएको ट्याखोला खेलकुद संघका अध्यक्ष बालचन्द्र गिरीले जानकारी दिनुभयो । प्रतियोगिता यहि कात्तिक ५ गते बिहान १२ बजे देखि ट्याखोेला रगंशालामा सञ्चालन हुने छ ।

प्रतियोगिताको बिजेता समूहले ३५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उपबिजेताले १५ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गर्ने ट्याखोला खेलकुद संघका अध्यक्ष गिरीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News