गैरीनेटा मेला सम्पन्न
64x64
२०७९ कार्तिक ०२ बुधबार प्रेसपालिका संवाददाता
331 Views

रुकुम पश्चिम २, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -९, र त्रिवेणी गाउपालिका -२, को संगम स्थलमा लाग्ने गैरीनेटा मेला सम्पन्न भएको छ । असोज २९ गते बाट सुरु भएको मेला विविध प्रतियोगिताका साथ आज सम्पन्न भएको हो ।

मेलाको अवसरमा पुरुष भलिबल, एकल नृत्य, लोकदोहोरी र घैटोफोर लगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो । भलिबल प्रतियोगितामा त्रिवेणी गाउँपालिका वडानम्बर -४, प्रथम, मुुसीकोट नगरपालिका वडानम्बर -११, दोस्रो र त्रिवेणी गाउँपालिका वडानम्बर -२, ले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा विजेता खेलाडीहरुले क्रमश ५० हजार, २५ हजार र १५ हजार सहित प्रमाण प्रत्र प्राप्त गरेको मेला व्यवस्थापन समितिका सचिव कमल बुढा मगरले जानकारी दिनुभयो ।

त्यस्तै लोकदोहोरी प्रतियोगितामा उमा बुढाको समूह प्रथम, प्रकाश खड्काको समूह दोस्रो र उषा खड्काको समूह तेस्रो भएको छ । एकल नृत्यमा हिमानी ओली प्रथम, प्रन्ता केसी दोस्रो र उषा खड्का तेस्रो हुनुभएको छ । घैटोफोरमा हेमन्त बुढा विजेता हुनुभएको मेला व्यवस्थापन समितिका सचिव बुढाले बताउनुभयो । अन्य प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार र प्रमाण पत्र वितरण गरिएको आयोजकले बत्ताएको छ ।

हरेक बर्ष त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकाले गैरीनेटा मेला आलोपालो आयोजना गर्दै आएका छन् । यो बर्ष भने मुसिकोट नगरपालिका वडानम्बर -९, ले मेला आयोजना गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News