
रुकुम पश्चिम १, असोज ।
रुकुम पश्चिमको त्रिवेणी गाउंपालिका वडानम्बर -९, नुवाकोटमा विविध खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । तिहार २०७९ को अवसरमा पहिलो द राइजिङ यूवा कप २०७९ अन्तर्गत खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम कात्तिक ३ देखि ६ गतेसम्म संचालन हुने आयोजक द राइजिङ यूवा क्लवले जनाएको छ ।
कार्यक्रममा खुला शुद्ध वडा स्तरीय भलिबल, खुला लोकदोहोरी र खुला रस्साकस्सी प्रतियोगिताको आयोजना गरिएको छ । त्यस्तै स्थानीय लोक झाँकीको प्रदर्शन पनि गरिने बताइएको छ । आयोजकका अनुसार पुरुष भलिबल तर्फ प्रथम हुने समूह ले १ लाख १ हजार, दोस्रो हुनेले ५१ हजार र तृत्तिय हुनेले ३१ हजार पुरस्कार पाउने छन् । लोकदोहोरी र रसाकस्सी प्रतियोगिताको प्रथम, दोस्रो र तृत्तिय हुनेले क्रमश: समान ५ हजार ३ हजार र २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
भलिवल खेलको उत्कृष्ट खेलाडीले भने ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागी लोक झाँकीका कलाकारलाई समेत पुरष्कृत गरिने आयोजकले बताएको छ । कार्यक्रम त्रिवेणी गाउंपालिका वडानम्बर -९, को नुवाकोट डाँडामा सञ्चालन हुने द राइजिङ यूवा क्लवका अध्यक्ष दीपककुमार रावलले बताउनुभएको छ ।
