महिला च्याम्पियनसिप फुटबल : नेपाल र बंगलादेश भिड्दै
64x64
२०७९ असोज ०३ सोमबार प्रेसपालिका संवाददाता
187 Views

रुकुम पश्चिम ३, असोज ।
छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश भिड्ने भएका छन् ।

आज बेलुकी ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा  नेपाल र बंगलादेश भिड्ने भएका हुन् ।

फाइनल खेल हेर्नका लागि १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेको बताइएको छ । उपाधि जित्ने देशले साफको नयाँ च्याम्पियनमा इतिहास रच्ने छ ।

नेपालले सेमिफाइनलमा भारतलाई १-० ले हराएर फाइनलमा पुगेको थियो । साफ इतिहासमै नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । त्यस्तै बंगलादेशले पनि समूह चरणमा भारतलाई ३-० ले पराजित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News