
रुकुम पश्चिम ३१, भदौ ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा संचालित वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सानीभेरीले जितेको छ । आज भएको फाइनल म्याचमा वाँफिकोट गाउँपालिका -३, लाई २-० को सोझो सेटले पराजित गर्दै सानीभेरी गाउँपालिका -७, ले उपाधि जितेको हो ।
उपाधि बिजेता सानीभेरीले पहिलो सेट २१ का विरुद्ध २५ र दोश्रो सेट २० का विरुद्ध २५ ले हराउँदै उपाधि जितेको पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्रले बताएको छ ।
प्रतियोगितामा उपाधि विजेता सानीभेरी गाउँपालिका -७, ले १ लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वाँफिकोट गाउँपालिका -३ ले ५० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो हुने त्रिवेणी गाउँपालिका -४, ले ३० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाएको छ ।
भदौ २६ गते बाट सुरु भएको प्रतियोगितामा ३ जिल्लाबाट ३० वडाको सहभागिता रहेको थियो ।

3 jilla ki 3 palika
रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पा ।