नवौं राष्ट्रिय खेलकुद : रुकुम पश्चिमबाट ३६ जना खेलाडी छनोट
64x64
२०७९ भाद्र ३० बिहिबार प्रेसपालिका संवाददाता
302 Views

रुकुम पश्चिम ३०, भदौ ।
आगामी असोज २८ देखि कात्तिक २३ गते सम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुदका लागि रुकुम पश्चिमबाट ३६ जना खेलाडी छनोटमा परेका छन् । कर्णाली प्रदेशको सुर्खेत र कालिकोटमा भदौ १८ देखि २४ गते सम्म भएको छनोट प्रतियोगिताबाट ३६ खेलाडी छनोटमा परेका हुन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद सुर्खेतका अनुसार रुकुम पश्चिमबाट ९ जना महिला र २७ जना पुरुष खेलाडी छनोट भएका छन् ।  रुकुम पश्चिमबाट सबैभन्दा बढी आइ. टि. एफ. तेक्वान्दो र एथलेटिक्सबाट समान ७/७ जना खेलाडी छनोटमा परेका छन् ।

त्यस्तै भलिबलबाट ५ जना, तेक्वान्दोबाट ४ जना, प्यारागलाइडिङ्गबाट ३ जना खेलाडी छनोट भएका छन् ।  कराते, ब्याडमिन्टन, बक्सिङ, फुटबल, क्रीकेट, ह्यान्डबल, पौडी, सुटिङ्ग, फुलकन्ट्याक्ट  कराते र जुडोबाट समान १/१ जना खेलाडी छनोटमा परेको बताइएको छ ।

छनोटमा परेका सबै खेलाडीले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधामा सहभागिता जनाउने छन् ।

कर्णाली प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सबैभन्दा बढी सुर्खेतबाट २ सय ७० जना खेलाडी छनोट भएका छन् । सुर्खेत पछि सल्यानबाट ४२ जना तथा रुकुम पश्चिम र हुम्लाबाट समान ३६/३६ जना खेलाडी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छोनोटमा परेका छन् ।

कर्णाली प्रदेशका १० जिल्लाबाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जम्मा ४ सय ९७ जना खेलाडी छनोट भएका छन् । जसमा २ सय २ जना महिला र २ सय ९५ जना पुरुष खेलाडी रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद मार्फत आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पहिलोपटक समावेश भएको क्रीकेट प्रतियोगिता भने केहि दिन अघिबाट काठमाडौंमा सन्चालन भैरहेको छ ।

नवौं राष्ट्रिय खेलकुद चीनमा हुने १९ औं एसियाली खेलकुदको छनोट र तयारी पनि रहेको छ । नवौं राष्ट्रिय खेलकुद : रुकुम पश्चिमबाट ३६ जना खेलाडी छनोट - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News