श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा
64x64
२०७९ भाद्र २७ सोमबार प्रेसपालिका संवाददाता
107 Views

रुकुम पश्चिम २७, भदौ ।

नेपाली राष्ट्रिय यू-१७ फुटबल टोली साफ यू-१७ च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको छ । घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

खेलको सुरुवाती मिनेटदेखि नै नेपालले घरेलु टोली श्रीलंकालाई दबाबमा राखेको थियो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल गरेको हो ।

अब नेपालले फाइनलमा भारतको सामना गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News