नेपाल टी-२० लिगमा आवद्ध भए ९ देशका ३३ विदेशी खेलाडी
64x64
२०७९ भाद्र २७ सोमबार प्रेसपालिका संवाददाता
158 Views

रुकुम पश्चिम २७, भदौ ।

आगामी महिना हुने नेपाल टी-२० लिगमा ९ देशका ३३ विदेशी खेलाडी आवद्ध भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले ड्राफ्टमार्फत् तीन श्रेणीका खेलाडी आबद्ध गरेको हो ।

ड्राफ्टबाट पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका,  अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, अफगानिस्तान र मलेसियाका खेलाडी लिगमा आबद्ध भएका छन् ।

नेपाल टी-२० खेल्ने टिममा वेस्ट इन्डिजका कार्लोस ब्राथवेट, अस्ट्रेलियाका बेन कटिङ, श्रीलंकाका एन्जेलो म्याथ्यूज र पाकिस्तानका मोहमद हाफिज सहितका ३३ खेलाडी आबद्ध भएका छन् ।

मार्की र ए श्रेणीका खेलाडीलाई १५ लाख, बी श्रेणीका लागि १० लाख र सी श्रेणीका लागि ५ लाख रुपैयाँ तलब दिने क्यानले जनाएको छ।

यसअघि ड्राफ्टमा रहेका ९२ जना नेपाली खेलाडीबाट ६७ खेलाडी  छनोट भैसकेका छन् ।

प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म नेपाल टी-२० लिग काठमाडौंमा हुँदैछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News