मुसिकोटमा वडा स्तरीय खुला भलिबल प्रतियोगिता सुरु
64x64
२०७९ भाद्र २६ आइतबार प्रेसपालिका संवाददाता
1308 Views

रुकुम पश्चिम २६, भदौ ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा आजदेखि वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।

५ दिन सम्म चल्ने भलिबल प्रतियोगितामा ३ जिल्लाको सहभागिता रहेको आयोजकले बताएको छ । प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाका अनुसार वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा २९ वडाको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोस्रो हुनेले ५० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छ । र तेस्रो हुनेलाई ३० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई भने ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

आजदेखि सुरु भएको वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन मुसिकोट नगरपालिकाका नगरप्रमुख महेन्द्र केसीले गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News