१५ लाखमा बिके ७ खेलाडी
64x64
२०७९ भाद्र २५ शनिबार प्रेसपालिका संवाददाता
293 Views

रुकुम पश्चिम २५, भदौ ।

नेपाल टि२० लिगको ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले १५ लाखमा ७ मार्की खेलाडी किनेका छन् । पहिलो राउन्डको  ड्राफ्टमा ए ग्रेडमा परेका ७ मार्की खेलाडी किनेका हुन् ।

युवा ओपनर आसिफ शेखलाई पोखरा एभेन्चर्सले किनेको छ । उनी पोखराको मार्की खेलाडीको रुपमा रहेका छन् । त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अलस्टार्सले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई भने काठमाडौं कान्तिपुरले किनेको छ ।

अलराउन्डर करण केसीलाई फार वेस्टन युनाइटेड, रोहित कुमार पौडेललाई विराटनगर किंग्स र तीव्र गतिका बलर सोमपाल कामीलाई जनकपुर रोयल्सले किनेको छ ।

यसैगरी पोखराले शरद भेषवाकरलाई १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । तर शरद मार्की खेलाडीको रुपमा भने छैनन् ।

अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, कुशल भुर्तेल र सुबास खकुरेल भने पहिलो राउन्डको ड्राफ्ट ए मा बिक्न सकेनन् । त्यसैले उनीहरु बी मा झरेका छन् । अन्य ९२ जनाको भने आइतबार ड्राफ्ट हुने भएको छ ।

नेपाल टि२० लिग आगमी असोज ८ देखि कात्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने भएको छ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।

प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेडमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |