कर्णाली प्रदेश स्तरीय छनौट प्रतियोगितामा रुकुम पश्चिमलाई ४४ पदक
64x64
२०७९ भाद्र २५ शनिबार प्रेसपालिका संवाददाता
174 Views

रुकुम पश्चिम २५, भदौ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनौटमा रुकुम पश्चिमले ४४ पदक जितेको छ ।
कर्णाली प्रदेशको सुर्खेत र कालिकोटमा भदौ १८ गते देखि २४ गते सम्म भएको छनौट प्रतियोगितामा रुकुम पश्चिमले ४४ पदक जितेको हो ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिला प्रसाद ढकालले दिएको जानकारी अनुसार प्रदेश स्तरीय छनाैट प्रतियाेगितामा रुकुम पश्चिमले २२ पदकमा प्रथम स्थान हासिल गरेको छ । त्यस्तै ११ पदकमा दृतिय र ११ पदकमै तृतीय स्थान हासिल गरेको बताइएको छ ।

रुकुम पश्चिम्ले  एथलेटिक्स, बक्सिङ, आई. टि एफ. तेक्वान्दो, तेक्वान्दो, जुडो, कराँते र महिला भलिबल तर्फका विधामा पदक जितेको हो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व जनाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद मार्फत आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक २३ गते सम्म गण्डकी प्रदेशको पोखरामा संचालान हुने छ । नवौं राष्ट्रिय खेलकुद चीनमा हुने १९ औं एसियाली खेलकुदको छनोट र तयारी पनि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News