सन्दीप लामिछाने निलम्बनमा
64x64
२०७९ भाद्र २३ बिहिबार प्रेसपालिका संवाददाता
363 Views

रुकुम पश्चिम २३, भदौ ।
क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई बिहीबार निलम्बन गरेको छ।

१७ वर्षीया नाबालिग माथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत सन्दीपलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ। आफूमाथि बलात्कार गरेको भन्दै पीडितले मंगलबार प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएकी थिइन्।
जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनीविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको हो।
लामिछाने हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज छन् । तर उनी कहिले नेपाल फर्किन्छन् टुंगो लागेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News