भारतमाथि श्रीलंकाको जित
64x64
२०७९ भाद्र २१ मंगलबार प्रेसपालिका संवाददाता
209 Views

भदौ २१, रुकुम पश्चिम ।

श्रीलंकाले युएईमा जारी टि२० एसिया कप सुपर फोरमा भारतमाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । भारतको फाइनल पुग्ने सम्भावना अंक गणीतिय झिनो आशा मात्र बाँकी छ ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकालाई जितको लागि अन्तिम १२ बलमा २१ रन चाहिँएको थियो । भुवनेश्वर कुमारले १९ औं अ‍ोभरमा दुई चौकासहित १४ रन खर्चिएपछि भारतको जितको सम्भावना टाढिएको थियो ।

अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन चाहिँएको थियो । अर्शदीपसिंहले पहिलो बल भानुका राजपक्षेलाई एक रन दिए । दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा दुई रन लिएपछि तीन बलमा तीन रन चाहिँएको थियो । चौथो बलमा एक रन खर्चिए । पाँचौं बल शनकाले मिस गरेपनि ऋषभ पन्तले स्टम्प ताक्नेक्रममा मिस गरेपछि श्रीलंकाले दुई रन लिदै जित पक्का गराए ।

श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले ३७ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा आउट भए । योसँगै श्रीलंका अनौपचारिक रुपमा फाइनलमा स्थान बनाएको छ । भारत भने सुपर फोरबाट नै बाहिरिने लगभग पक्कापक्की भएको छ ।

भारत पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । भारत फाइनल पुग्न पाकिस्तानले बाँकी दुबै खेल हार्नुपर्ने हुन्छ । अन्यथा एक खेल जितेको खण्डमा पनि भारत बाहिरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |