टि२० विश्वकपका लागि दक्षिण अफ्रिकाको टोली घोषणा 
64x64
२०७९ भाद्र २१ मंगलबार प्रेसपालिका संवाददाता
205 Views

भदौ २१, रुकुम पश्चिम ।

दक्षिण अफ्रिकाले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । टेम्बा बभुमाको कप्तानीमा दक्षिण अफ्रिकाले विश्वकप खेल्ने टोली घोषणा गरेको हो ।

दक्षिण अफ्रिका प्रमुख ब्याटर रास्सी भान डर डुसेन भने टि२० विश्वकप टोलीमा छैनन् । क्रिकेट दक्षिण अफ्रिकाले डुसेन चोटका कारण बाहिरिएको जनाएको छ । दक्षिण अफ्रिकाले २२ वर्षीय युवा विकेटकिपर ट्रिस्टन स्टब्सलाई पनि विश्वकप टोलीमा राखेको छ । स्टब्सले दक्षिण अफ्रिकाबाट ६ टि२० आई खेलमा १ सय १९ रन बनाएको छ । उनी विष्फोटक ब्याटिङको क्षमता राख्ने गर्दछन् ।

क्विन्टन डि कक, डेविड मिलर, एडेन माक्ररम र रिजा हेन्ड्रिक्स जस्ता ब्याटर छन् । दक्षिण अफ्रिकाको तीव्र गतिका बलरमा कागिसो रबाडा, लुन्गी एनगिडी, एनरिच नोर्किया, ड्वेन प्रिटोरियस र वेन पार्नेललाई समेटेको छ । दक्षिण अफ्रिका विश्वकपको सुपर १२ को ग्रुप २ मा छ । समूह २ मा बंगलादेश, भारत, पाकिस्तानदक्षिण अफ्रिका र पहिलो चरणबाट, आउने दुई टोली हुनेछन् ।

दक्षिण अफ्रिकाले २४ अक्टोबरमा पहिलो चरणबाट आउने टोलीसँग पहिलो खेल खेल्नेछ । ३० अक्टोबरमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर ३ मा दक्षिण अफ्रिकाले पाकिस्तानसँग खेल्नेछ । ६ नोभेम्बरमा पहिलो चरणबाट आउने टोलीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । सेमिफाइनलमा ९ र १० नोभेम्बरमा हुनेछ । फाइनल नोभेम्बरमा १३ मा हुनेछ ।

दक्षिण अफ्रिकाको टोली :

टेम्बा बभुमा (कप्तान), क्विन्टन डि कक, हेनरिक क्लासेन, रिजा हेन्ड्रिक्स, केशव महाराज, एडेन माक्ररम, डेविड मिलर, लुन्गी एनगिडी, एनरिच नोर्किया, वेन पार्नेल, ड्वेन प्रिटोरियास, कागिसो रबाडा, राइलो रोसोउ, तबरेज शाम्सी र ट्रिस्टन स्टब्स ।
-हाम्रोखेलकुद डटकमबाट ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |