
रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ५ मा सामाज दृष्टि युवा क्लब खहरेले आयोजना गरेका विभिन्न कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । गत साउन ३० गते देखि समाज दृष्टि युवा क्लब खहरेले आयोजनामा कार्यक्रम सञ्चालन भयका थिए । चौरजहारी नगरपालिका ५ का वडा अध्यक्ष खुम बहादुर खड्का बाट उद्घाटन गरिएको उक्त कार्यक्रम हिजो भदौ १ गते सम्पन्न भएको थियो । जन्माष्टमीकाे अवसर पारेर युवा क्लबले भलिबल , लोकदोहोरी र स्वलाे बाइक रेस प्रतियोगिता आयोजना गरेको थियो ।
भलिबलमा वाइसीएल टिम प्रथम , आयोजक टिम द्वितीय र मुसिकोट खलङ्गाकाे टिम तेस्रो भयको आयोजकले जनकारि दिएकाे छ । त्यतै लोकदोहोरी प्रतियोगितामा साजन परियारको टिम प्रथम , कुशल विश्वकर्माकाे टिम द्वतिय र हरिस बिकको टिम तृतिय भयको आयोजकले बताएको छ ।
