जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमद्वारा बिभिन्न विधाका खेलाडी सम्मानित
64x64
२०७९ असार १२ आइतबार प्रेसपालिका संवाददाता
697 Views

रुकुम पश्चिमको जिल्ला खेलकुद विकास समितिले बिभिन्न बिधाका खेलाडीहरुलाइ सम्मान गरेको छ । आज एक कार्यक्रमका बिच जिल्लाका ऊदयमान खेलाडीहरुलाइ सम्मान गरेको हो ।

जिल्लाका विभिन्न विधाका ८ जना खेलाडिलाई नगद ५ हजार दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको बत्ताएको छ । व्याटमिन्टन खेल तर्फ विशाल विष्ट, तेक्वान्दो खेल तर्फ डिल्लीप्रसाद शर्मा, करातेका रिता पुन मगर,सम्मानित हुनुभएको छ ।

जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमद्वारा बिभिन्न विधाका खेलाडी सम्मानित - प्रेस पालिकात्यस्तेैे फुटवल खेलका खेलाडि कमल केसी, क्रिकेट खेलाडि कुलप्रसाद ओली,एथ्लेटिक्स् खेलाडि दुर्गाबहादुर वुढा, भलिवल खेलाडि शर्मिला परियार र पाण्डव बुढाथोकीलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिका सचिव लिलाप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आफुहरु आएदेखि यो सम्मान कार्यक्रम पहिलो पटक गरिएको हो ।

अव देखि भन्ने जिल्लामा उत्कृष्ट खेलाडिहरुलाई हरेक वर्ष सम्मान गरिने सचिव ढकालले बत्ताऊनुभयो ।

खेल प्रति खेलाडिहरुको आकर्षण बढाउन र खेलाडिको मनोबल उच्च बनाउन यस्ता सम्मानका कार्यक्रम निरन्तर हुने कार्यालय सचिव ढकालले बताउनुभयो ।                              जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमद्वारा बिभिन्न विधाका खेलाडी सम्मानित - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News