जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड चाैरजहारीकाे हातमा
64x64
२०७९ असार ०८ बुधबार प्रेसपालिका संवाददाता
309 Views

रुकुम पश्चिमको आठबिसकोटमा भएको १२ औं राष्ट्रपति रनिङ शिल्ड चौरजहारी नगरपालिकाले हात परेकाे छ । स्थानीय तह बनेपछि जिल्लामा पहिलो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भएको हो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा आठबीसकोटको नगरपालिका ९ स्थित वालकल्याण माविमा भएको रनिङ शिल्डमा १७ पदक ल्याएर चौरजहारीले जित हाँसिल गरेको हो ।

चौरजहारीले १० स्वर्ण, ५ रजत र २ कास्य गरी कुल १७ पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका सचिव लिला प्रशाद ढकाले बताउनुभयो।

त्यस्तै आठबिसकोट नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ ९ स्वर्ण, ७ रजत र ७ कास्य पदक प्राप्त गरेको छ । अठबिसकोटले कुल २३ पदक जितेको छ । शिल्डमा बाँफिकोट गाउँपालिका ३ स्वर्ण, ६ रजत र १० कास्य सहित तेस्रो भएको छ कुल १९ पदक जितेको सचिव ढकालले जानकारी दिनुभयो । शिल्डमा सानीभेरी गाउँपालिकाले तस्रो स्थान ल्याएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |