रुकुम पूर्वको भूमे ६ महतमा आजबाट तेस्रो भूमे कप २०२२ सुरु
64x64
२०७९ जेठ २९ आइतबार प्रेसपालिका संवाददाता
550 Views

रुकुम(पूर्व) को भूमे गाउँपलिकामा आजबाट तेस्रो भूमे कप २०२२ सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ महतमा रहेको रंगशालामा तेस्रो भूमे कप २०२२ सुरु भएको हो । आजबाट सुरु भएको कप यहि जेठ ३० गतेसम्म चल्ने छ ।यस कार्यक्रमको आयोजना भूमेमा रहेको युवा विकास केन्द्रले गरेको हो ।

तेस्रो भूमे कप अर्थात भलिबल प्रतियोगितामा महिला पुरुष दुवैतर्फ विजयी हुने खेलाडीलाई पुरस्कार राशी समान राखिएको छ । युवा विकास केन्द्रका संयोेजक सुनिल रोकाकाअनुसार महिला पुरुष दुवै खेलमा विजेता समुहलाई एकएक लाख र उपविजेता हुुने समुहलाई ६५÷६५ हजार पुरस्कार प्रदान गरिने छ भने तेस्रो हुने समुहलाई ३०÷३० हजार पुरस्कार प्रदान गरिने छ ।  रुकुम पूर्वको भूमे ६ महतमा आजबाट तेस्रो भूमे कप २०२२ सुरु - प्रेस पालिका

प्रतियोगितामा महिलामा ६ र पुरुषमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । रुकुम(पूर्व) सहित रुकुम(पश्चिम), रोल्पा र बागलुङका खेलाडिहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता आजबाट सुरु भएपनि यसको औपचारिक उद्धघाटन भने भोली दिउसो मध्यान्ह १२ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको युवा विकास केन्द्र भूमे गाउँपालिकाका संयोजक रोकाले बताउनुभएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News