वाईसियल नेपाल मुसिकोट ८ द्वारा आयोजित खेलकुद प्रतियोगीता सम्पन्न
64x64
२०७८ चैत्र २८ सोमबार प्रेसपालिका संवाददाता
132 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा आयोजित विविध खेलकुद प्रतियोगिता सम्पन्न भएका छन । वाइसिएल नेपाल मुसिकोट नगरपालिका ८ नम्बर वडा समितिले आयोजना गरेको विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको हो ।

यहि चैत्र २३ गते देखी सुरु भएको प्रतियोगीतामा साविकको शुद्ध वडा स्तरिय खुला पुरुष भलिबल,लोकदोहोरी,रस्साकसी, भाले तान्ने,घैटोफोर एकल नृत्य लगायतका प्रतियोगीताहरु सन्चालन गरिएको थियो ।

पुरुष भलिबलमा रुकुम पुर्व र रुकुम पश्चिमका विभिन्न वडाका २१ टिमले प्रतिस्पर्धा गरेका थिए ।
भलिबल प्रतियोगितामा मुसिकोट नगरपालिका ९ प्रथम भएको छ । प्रथम भएको चौखावाङले नगद २५ हजार प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थान हात पारेको मुसिकोट नगरपालिका ७ ले नगद १५ हजार प्रमाण पत्र हात पार्दा मुसीकोट नगरपालिका ९ को बी टिमले तेस्रो हुँदै नगद १० हजार प्रमाण पत्र प्राप्त गरेको छ ।

रुकुम पुर्व भुमे गाउँपालिका वडा नम्बर ९ ले सान्त्वना हुँदै नगद ५ हजार प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै भाले रेस घैटोफोर एकल नृत्य लोक दोहोरी रस्साकस्सी लगायतमा विजय प्रतियोगीलाई पनि पुरस्कार र प्रमाणपत्र वितरण गरियको वाइसिएल नेपाल मुसिकोट ८ का ईन्चार्ज मनराज गिरीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |