कराँते र तेक्वान्दोका खेलकुद सामग्री हस्तान्तरण
64x64
२०७८ चैत्र १३ आइतबार प्रेसपालिका संवाददाता
303 Views

रुकुम पश्चिम जिल्ला खेलकुद विकास समितिले खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।  जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले तेक्वान्दो र कराँतेका एक/एक डोजाङलाई खेलकुद सामग्री प्रदान गर्नुभएको हो । सदरमुकाम खलंगाका दुई डोजाङलाई आवश्यक सामग्री प्रदान गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले जिल्लाका सबै कराँते तथा तेक्वान्दो डोजाङको साथमा अन्य पालिकामा खेलका सामग्री पनि प्रदान गर्ने बताउनुभयो

खेलकुद सामग्री प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख शर्माले समग्र खेलक्षेत्रको विकासका लागि राज्य  बलियो हुनु पर्ने र खेलाडीलाई सक्दाे सहयोग हामी बाट हुने बताउनुभयो । खेलाडीले गरेको माग सम्बोधनका लागि पहल गर्ने भन्दै प्रमुख शर्माले खेल क्षेत्रसँग सम्बन्धित विकासलाई थप बढाउनेतर्फ ध्यान दिनु पर्ने बताउनुभयो । जिल्ला तेक्वान्दो संघका अध्यक्ष भद्र खड्का र तेक्वान्दो खेलाडी तथा कराँते संघका जिल्ला अध्यक्ष चुडामणी पुन र खेलाडीलाई सयुंक्त रुपमा सामग्री हस्तान्तरण गरिएको हो । तेक्वान्दो खेलाडीका लागि डेह गार्ड ६ वटा, चेष्ट गार्ड ६ वटा, किक गार्ड ६ वटा र ग्वाइन गार्ड ६ वटा प्रदान गरिएको छ । कराँतेतर्फ प्याड, ग्वलवस, सिन गार्ड र गौरी गार्ड हस्तान्तरण गरिएको हो ।  जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छवि केसीले उक्त कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News