दार्मा गाउँपालिकामा सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, सम्पन्न
64x64
२०७८ चैत्र ०७ सोमबार प्रेसपालिका संवाददाता
309 Views

दार्मा गाउँपालिका, सल्यानको आयोजना र जनज्योति माध्यमिक विद्यालय फारुलाचौरको व्यवस्थापनमा सञ्चालित ‘सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, सम्पन्न भएको छ । विद्यालय शिक्षामा सबैको आवद्धता गुणस्तरीय शिक्षा र खेलकुद हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा दार्मा गाउँपालिका भित्र सञ्चालित छ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको दार्मा गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेर प्रसाद ढकालले जनकारी दिनुभएकाे छ । चार दिनसम्म चलेको प्रतियोगितामा छात्रा तर्फ १४ र छात्र तर्फ १४ गरी विभिन्न २८ वटा खेलमा प्रतिस्पर्धा गराइएको हो । दौडतर्फ २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० रिले र ४×४०० रिले, उफ्रने र फ्याक्ने तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सटपुट ८ पाउन्ड र भलिबल र कबड्डी प्रतियोगिता सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ७ कास्य पदकसहित जनज्योति माध्यमिक विद्यालय फारुलाचौर प्रथम भएको छ । त्यसैगरी ८ स्वर्ण, ६ रजत र ४ कास्य पदक हात पार्दै सूर्योदय मा.वि. गोठीवन द्वितीय र ४ स्वर्ण, ९ रजत र ८ कास्य पदक सहित राष्ट्रिय माध्यमिक विद्यालय दार्माकोटले तृतीय स्थान हात पार्न सफल भएका छन् । प्रतिस्पर्धामा बालकल्याण मा.वि. भुवनटाकुरीले २ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भएको छ । त्यसैगरी नेपाल राष्ट्रिय मा.वि. ढाकाडामकोटले २ स्वर्ण, २ रजत र २ कास्य र नवसर्वसाधारण मा.वि. रातामाटाले १ स्वर्ण, १ रजत र ५ कास्य पदक हात पार्न सफल भएका छन् । चैत्र ३ गते देखि सुरु भएकाे कार्यक्रमकाे दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले प्रतियोगिताको उदघाटन गर्नु भएको हो । सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशन समिति, प्रतियोगिता व्यवस्थापक जनज्योति मावि खेलकुद सञ्चालन उप-समिति संयोजक शिवबहादुर हमालसहित समिति सदस्यहरूले खेलकाे व्यवस्थापन गर्नुभएको थियाे ।

त्यसैगरी पुरस्कार वितरण तथा समापन समारोहमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष टीका शर्मा ओली, जिल्ला खेलकुद विकास समिति अध्यक्ष खडक आचार्य, जिल्ला समन्वय समिति सदस्यहरू, दार्मा गाउँपालिका क्षेत्रमा क्रियाशील राजनीतिक दलका नेताहरू, सबै वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, सबै विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार लगायत अन्य अतिथिहरूकाे उपस्थिति रहेकाे थियाे ।दार्मा गाउँपालिकामा सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, सम्पन्न - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |