चौरजहारीमा चैत्र ३ गते देखि रास्ट्रपति रनिङ शिल्ड सुरु हुने
64x64
२०७८ फाल्गुण २७ शुक्रबार प्रेसपालिका संवाददाता
176 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चैत्र ३ गते देखि रास्ट्रपति रनिङ शिल्ड हुने भएको छ । जसमा छात्र भलिबल, छात्र ३ हजार मिटर दाैड, छात्रा १५ सय मिटर दाैड, छात्र २ सय मिटर दाैड, छात्रा २ सय मिटर दाैड, छात्र सटफुट र छात्र लङजम्प खेल छन् । शिल्डमा चौरजहारी नगरपालिका भित्र रहेका सबै माध्यमिक विद्यालयलाई उपस्तिथिको लागि नगरपालिकाले अनुरोध गरेको छ । शिल्ड हिमालय माध्यमिक विद्यालय खोलागाउमा चैत्र ३ र ४ गते हुने शिक्षा, युबा तथा खेलकुद शाखा चौरजहारी नगरपालिकाले जनकारि दिएकाे छ। नगर शिक्षा, युवा तथा खेलकुद शाखाले रास्ट्रपति रनिङ शिल्डकाे आयोजना गरिएकाे हाे । नगरपालिका सबै विद्यालयका प्रधानाध्यापकहरुको फागुन २५ गतेको बैठककाे निर्णय अनुसार शैक्षिक सत्र २०७८ को रनिङ शिल्ड संचालन हुन लागेकाे हाे । नगरपालिकाले एक सूचना जारी गर्दै यो जानकारी गराएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News