रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा क्रिकेट र भलिवलको प्रशिक्षण हुने भएको छ । सानीभेरी खेलकुद विकास समितिले क्रिकेट र भलिबलको निःशुल्क प्रशिक्षण संचालन गर्न लागेको खेलकूद विकास समितिका सदस्य सचिव बालकुमार नकालले बताउनुभयो । प्रशिक्षण फागुन २५ गते देखी चैत्र ५ गते सम्म संचालन हुने छ । १० दिन सम्म चल्ने प्रशिक्षणमा क्रिकेट तर्फ जिल्लाका ६ वटै पालिकाका खेलाडीहरु सहभागी हुन सक्ने छन् भने भलिबल तर्फ सानीभेरी गाउपालिका भित्रका खेलाडिले मात्र भाग लिन पाउने गाउँ खेलकुद विकास समिति सानीभेरीले जनाएको छ । सक्षम खेलाडि उत्पादन गर्ने र खेलाडिहरुको मनोबल बढाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सदस्य सचिव नकालकाे भनाई छ ।
प्रशिक्षणमा सहभागी हुन चाहने खेलाडिहरुले फागुन २४ गते भित्रै सानीभेरी गाउँपालिका खेलकुद विकास समितिको कार्यालयमा सम्पर्क गर्नसक्ने छन् । पालिका स्तरबाटै यसरी प्रशिक्षण संचालन गर्न लागेको सानीभेरीमा रुकुम जिल्लाको पहिलो स्थानीय तह भएकाे आयाेजकले बताएकाे छ । प्रशिक्षणका लागि छनोट भएका खेलाडिहरुलाई राष्ट्रिय स्तरका खेलाडीबाट प्रशिक्षण दिनुका साथै खाना बस्नको व्यवस्था आयोजकले नै गर्ने भएकाे छ ।