चाैरजहारीमा २७ औं सहिद सप्ताह बिभिन्न कार्यक्रम गरी मनाइयो।
64x64
२०७८ फाल्गुण १६ सोमबार प्रेसपालिका संवाददाता
388 Views

शक्ति बारघरी : अनेरास्ववीयू क्रान्तिकारी चौरजहारी रुकुम पश्चिमले सहिद सप्ताहको अवसरमा पालिका भित्र रहेका विद्यालय स्तरिय कविता र बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी चौरजहारी नगरपालिकाको आयोजनामा आधारभुत विद्यालय विज्यश्वरीमा सम्पंन गरेको हो ।
वक्त्तृत्वकला प्रतियोगितामा शितल माद्यामिक बिद्यालय चौरजहारीले प्रथम स्थान हासिल गरेको छ भने माद्यामिक विद्यालय सानाखोलाले दृतिय ,माद्यामिक बिद्यालय खहरेले तृतिय स्थान हासिल गर्नुका साथै माद्यामिक बिद्यालय सानाखोला र भ्याली पब्लिकले सान्त्वना पुरस्कार हातमा पार्न सफल भएका छन ।
त्यस्तै कबिता प्रतियोगितामा हिमालय माद्यामिक बिद्यालय खोलागाउ शितल माद्यामिक बिद्यालय चौरजहारी ,माद्यामिक बिद्यालय सानाखोला, माद्यामिक बिद्यालय खहरे, क्रमशः प्रथम दृतिय,तृतीय र सान्त्वना पुरस्कार हात पारेको संगठनका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष निराजन के सिले जानकारी दिनु भयो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका क्रान्तिकारी गीतहरुमा सास्कृतिक विजोड प्रस्तुति गरेका भने जिल्ला कमिटि उपाध्यक्ष केसीले बताउनुभयो
जनयुद्ध र यसका उपलव्धी शिर्षकमा बक्तृत्वकला प्रस्तुत गरेको थिए भने बैज्ञानिकता व्यवहारिक शिक्षा सम्वन्ध शिर्षकमा आ आफना कबिता प्रस्तुत गरेका थिए
नगरपालिका अन्तरर्गत सञ्चालित सामुदायिक र संस्थागत गरी ९ वटा विद्यालयले कार्यक्रम सहभागिता जनाएको अध्यक्ष केसीले बताउनुभयो
अनेरास्ववियु क्रान्तिकारी चौरजहारीका नगर कमिटी अध्यक्ष निर्मल के सिको अध्यक्षता भएको कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी कर्णाली प्रदेशका प्रदेश कमिटी अध्यक्ष राजेन्द्र बुढाको प्रमुख आतिथ्यता रहेको थियो ।चाैरजहारीमा २७ औं सहिद सप्ताह बिभिन्न कार्यक्रम गरी मनाइयो। - प्रेस पालिका
माउबादी केन्द्रका नेता तथा वडा नम्बर ७ का वडा अध्यक्ष इन्द्रलाल शर्माको विशेष आथित्यता रहेको भने अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य सुन्दर शर्मा माउबादी पार्टीका नेता तथा वडा नम्बर १२ का वडा अध्यक्ष टिकाराम ओलि संगठनका जिल्ला अध्यक्ष नारायण के सि सुर्खेत जिल्ला अध्यक्ष जगत शाही एकीकृत अखिल नेपाल शिक्षक संगठनका चौरजहारी नगर कमिटी अध्यक्ष शेर बहादुर के सि विभिन्न बिद्यालयका प्रधानाध्यापक संगठनका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष निराजन के सि लगायतका नेताहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन नगर कमिटी सचीव अमृत आर्चयले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |