चौरजहारीमा बन्दै कर्णाली प्रदेश स्तरीय क्रिकेट रंगशाला ।
64x64
२०७८ माघ १६ आइतबार प्रेसपालिका संवाददाता
286 Views

माघ १६ ,सम्पादक:                                              अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कर्णाली प्रदेश स्तरीय क्रिकेट रंगशाला निर्माणको लागी प्रक्रिया थाल्न निर्देशन दिएका छन् । उनले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई यस्तो निर्देशन दिएका हुन् ।

शनिबार कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल अर्थमन्त्री शर्मालाई भेट्न उनको सरकारी निवास ललितपुरको हरिहरभवन पुल्चोक पुगेका थिए ।

संज्यालका अनुसार क्रिकेट रंगशाला निर्माणका लागि ५५ करोड लागतको अनुमान गरिएको छ । क्रिकेट रंगशाला निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७८/०७९ मा ५ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै रुकुमको चौरजहारी नगरपालिकाले समेत रंगशाला निर्माणका लागि बजेट छुट्याएको छ । अन्य रकम संघीय सरकारले व्यवस्था गर्ने र क्रिकेट रंगशाला बन्ने सुनिश्चित भएको संज्यालको भनाई छ । सदस्य सचिव संज्यालले भेटमा अर्थमन्त्री शर्मालाई क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । भेटमा अर्थमन्त्री शर्माले श्रोत सुचिश्चितताका लागि प्रक्रिया थाल्न आफूहरुलाई निर्देशन दिएको संज्यालले जानकारी दिए । दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि भौतिक पुर्वाधार निर्माणमा कर्णाली प्रदेश खेलकुद परिषद्ले पहल गरिरहेको छ । जसअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा अन्तराष्ट्रिय स्तरको खेलकुद रंगशाला निर्माण भइरहेको छ ।

सदस्य सचिव संज्यालले आर्थिक वर्ष २०७८/ ०७९ मा टेण्डर आह्वान गरी रंगशाला निर्माणको कामलाई तिव्रता दिईने प्रतिवद्धता समेत व्यक्त गरे। ”कर्णालीमा अहिलेसम्म क्रिकेट रंगशाला छैन”, संज्यालले भने, ”अन्यत्र जग्गाको समेत अभाव छ तर रुकुम पश्चिमको चौरजहारीमा जग्गा समेत उपलब्ध भएको छ । त्यसैले त्यहाँ नै क्रिकेट रंगशाला बनाउनु पर्ने भएको हो ।”

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News