माघे संक्रान्तिको अवसर पारी मुसिकोट नगरपालिका ११ मा खेलकुद प्रतियोगिता हुने । ।
64x64
२०७८ पुष २४ शनिबार प्रेसपालिका संवाददाता
1141 Views

 प्रेसपालिक सम्पादक : परम्परागत  रुपमा माघे संक्रान्तिको अवसरपारि लाग्दै आएको त्रिवेणि मेला को अवसर पारी मुसिकोट नगरपालिका ११ को त्रिवेणि मयुर युवा कल्बले बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको छ । पौष २८ गते देखि सञ्चालन हुने गरि प्रतियोगिताको आयोजना गरेको क्लबले जानकारी दिएको छ । मेलाको अवसरमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम संचालन गर्न मुसिकोट नगरपालिका ४,६ र ११ नम्बर वडा कार्यलयले मुख्य सहयोग गर्ने भएका छन् । भने अन्य व्यक्तिहरुले पनि सहयोग गरेका छन् ।
मेलाको अवसर पारि पुरुष भलिबल, खुला पुरुष डबल ब्याटमिन्टन,घैटो फोर,भाले तान्ने, एकल नृत्य र लोक दोहोरी लगाएतका प्रतियोगिताको आयोजना गरिएको छ । यसका साथै स्थानिय पैसुर नाँच,मयुर नाच ,पञ्चेबाजा समुह,बेहुलि पोल्ने जस्ता कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार खेल नयाँ संरचना अनुसार खुला शुद्ध वडा स्तरिय हुनेछ ।,
खेलाडिले,आफ्नो परिचय खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्नेछ । पुरुष भलिबलको प्रथम हुने टिमले ४०,००० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने टिमले ३०,००० हजार सहित कप मेडल र प्रमाणपत्र
गर्दा तेस्रो हुने टिमले २०,००० हजार सहित कप मेडल र प्रमाणपत्र गर्ने छ ।

खुला पुरुष डबल ब्याटमिन्टनको पहिलो हुने जोडिले १०,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा द्रोस्रो हुने जोडिले ७,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।त्यस्तै तेस्रो हुने जोडिले ५,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै अन्य प्रतियोगिताहरुको पनि पुरस्कार राखिएको जिवन पुनले जानकारी दिएको छ ।
कार्यक्रममा –दि कणार्लि फुटबल क्लब मु न पा ६ रुकुम पश्चिम ले बिषेश सहयोगिको रुपमा भुमिका निवार्ह गर्ने लागेको छ । खेलकुद प्रतियोगिता २८ गते बाट सूरु भएपनि बिषेश मेला माघ १ गते लाग्नेछ ।मेलामा बेहुलि पोल्ने लगाएतका झाकिहरुको पनि प्रस्तुति रहने छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |