पापिनि मेलाको अवसरमा मुसिकोट ७ साँखमा खेलकुद प्रतियोगिता हुने ।
64x64
२०७८ पुष २३ शुक्रबार प्रेसपालिका संवाददाता
863 Views

प्रेसपालिका सम्पादक :
परम्परागत रुपमा लाग्दै आएको पापीनि मेलाको अवसरमा मुसिकोट नगरपालिका वडा नम्बर ७ को ठुलिदह युवा क्लबले बिभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेको छ । माघ १३ गते देखि १६ गते सम्म संचालन हुने गरि खेलकुद प्रतियोगिताको आयोजना गरेको क्लबले जनाएको छ । मेलाको अवसरमा खुला पुरष भलिबल,खुला पुरुष डबल व्याटमिन्टन लगाएतका सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । खेल क्षेत्रको बिकास तथा बिस्तार एवंम प्रतिभाशालि खेलाडि उत्पादन गर्ने उद्देश्य अनुरुप खेलकुद कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष दिपेन्द्र बुढा मगर ले जानकारी दिनुभयो ।
प्रतियोगिताका खेलहरु अन्तराष्टिय भलिबल महासंघको नियममा रहि ठुलिदह युवा क्लबको प्राविधिक सहयोगमा खेलाईनेछ ।जुनसुकै स्तरको खेलाडिले पनि खेलमा सहभागिता जनाउने पाउने र एक टिममा खेलाडि संख्या १२ जना टिम प्रशिक्षक र टिम व्यवस्थापक सहित १४ जनाको उपस्तिथि हुनुपर्ने अध्यक्ष बुढाले बताउनुभयो । त्यस्तै खेलाडिहरु खेल खेल्दा अनिवार्य रुपमा अंकित जर्सि लगाउनु पर्नेछ ,प्रतियोगिता सूरु हुनु भन्दा अघिल्लो दिन टेक्निकल मिटिङ मा टिम कोच,टिम क्यापटेन,टिम म्यानेजर अनिवार्य रुपमा उपस्तिथ हुनुपर्ने आयोजकले बताएको छ ।
पुरुष भलिबलको प्रथम हुने टिमले एक लाख पाँच हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्दा द्धितिय हुने टिमले पैसठी हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । तृतिय हुने टिमले तिस हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने अध्यक्ष बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य प्रतियोगिताका विजेतालाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । हरेक बर्ष माघ १३ गते देखि १६ गते सम्म मुसिकोट ७ साँख दहमा पापिनि मेला लाग्दै आईरहेको छ । खेलकुद प्रतियोगिताहरु १३ गते देखिनै सुरु भएपनि बिशेष मेला भने माघ १६ गते लाग्ने गर्दछ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |