शहिद कामी बुढा छहरा युवा क्लबले खेलकुद तथा साँस्कृति कार्यक्रम सञ्चालन गर्दै ।
64x64
२०७८ पुष २२ बिहिबार प्रेसपालिका संवाददाता
250 Views
  • चन्द्र प्रकाश पाण्डे
    “परम्परागत पापिनी मेला तथा माघे संक्रान्ति काे अबसरमा शहिद कामी बुढा छहरा युवा क्लव मुसिकाेट नगरपालिका वडा नम्बर  १० रुकुम (पश्चिम)काे आयाेजनामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएकाे छ । सहिद कामी बुढा स्मृति पार्क मुसिकाेट नगरपालिका १० खर्सुपानी  मा कार्यक्रम हुने भएका हाे भने याे मेलाकाे पाचा पटक सम्म हरेक बर्ष लाग्दै आएकाे छ । याे बर्ष पनि विविध खेलकुदहरु नयाँ संरचना अनुसार खेलाईने आयाेजकले बताएकाे छ । जसका लागि सम्पुर्ण खेलाडिले अनिवार्य रुपमा नागरिकता पेस गर्नुपर्ने यदि नागरिकता पेस नगरेकाे खण्डमा खेलमा सहभागी नगराइने आयाेजकले जानकारी गराएकाे छ । यस लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन हुने र कार्यक्रमकाे सञ्चालन यहि पाैष २४ गते शनिबार देखि शुरु भई माघ १ गते समापन हुने आयाेजकले बताएकाे छ ।।
    यस्तै मेलामा सञ्चालन हुने खेलहरु पुरुष भलिबल, महिला भलिबल, रस्साकस्सि, लाेकदाेहाेरी, सामुहिक नृत्य एकल नृत्य   भाले तान्ने, घैटाेफाेर, पापिनी नाच, स्थानिय पैसेेरु नाच, आमा समुहको नाच लगायतका विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयाेजगले बताएकाे छ ।।
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News