रुकुम पश्चिम ३२, जेठ
असल छिमेकी नेपाल सिमपानी वगर पोखराले भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकामा निशुल्क बिभिन्न सिपमुलक तालिम सम्पन्न गरेको छ । निमार्ण सम्बन्धि सिप विकास भुकम्प प्रर्तिकार्य तेस्रो चरण परियोजना अन्र्तगत २ जिल्लाका करिब १ सय ४० जनालाई सिप विकास सम्बन्धि तालिम दिईएको हो ।
रुकुम पश्चिम र जाजरकोट गरि ८० जनाको लागि डकर्मी तथा ६० जनालाई हाउस वायरिङ्ग गरी जम्मा १४० जनालाई निशुल्क तालिम दिएको परियोजना प्रमुख सुमन वयलकोटीले जानकारी दिनुभयो ।
हाउस वायरिङ्ग तालिममा पाएको सीपले आत्मनिर्भर बन्नको लागि सहयोग गर्ने तथा टोल समाजमा पहिचान निर्माण हुने तालिममा सहभागिहरुले बत्ताएका छन् ।
तालिम गण्डकी ट्रनिङ सेन्टर प्रा लीले सहजिकरण गरेको थियो । सहभागिहरु तालिम अबधीभर अनुशासित तथा मिहेनती भएको हुदा तालिम व्यवस्थापनमा सहज भएको गण्डकी ट्रनिङ सेन्टर प्रा लीका व्यवस्थापक केशब चापागाईले जानकारी दिनुभयो ।
असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारीले तालिमका सहभागिहरु, तालिम प्रदायक संस्थाहरु, सरोकारवाला निकायहरु तथा परियोजना कार्यन्वयन समूहलाई धन्यबाद दिनुभयो ।
पोखरेली खीष्ट्रिय समुदायका महासचिव सन्जिव थापाले तालिममा सिकेको सीपको प्रयोगको लागि प्रोत्साहन दिनुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सि.कार्यक्रम सुपरीवेक्षक प्रकाश परियारले गर्नुभएको थियो ।
तालिमका सहभागिहरुलाई प्रमाणपत्र सहित तालिमसंग सम्बन्धित सामाग्रीहरु पनि हस्तातरण गरिएको थियो ।
तालिम समापन कार्यक्रममा असल छिमेकी नेपाल कार्यकारिणी समितिका सल्लाहाकार राम बहादुर रोकायाको अध्यक्षता तथा पोखरेली खीष्ट्रिय समुदायका महासचिव पा. सन्जिव थापाको प्रमुख आतिथ्यता रहेको थियो ।