पापिनी मेलामा वडा स्तरीय पुरुष भलिबल सुरु
64x64
२०८० माघ ११ बिहिबार प्रेसपालिका संवाददाता
477 Views

रुकुम पश्चिम ११, माघ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७, साँख गाउँमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । परम्परागत रुपमा लाग्दै आएको पापिनी मेलाको अवसरमा साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।

 

आज देखि सुरु भएको पापिनी मेलाको भलिबल प्रतियोगिता जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले उद्घाटन गर्नुभएको छ । हाम्रो सरोकार रुकुमले आयोजना गरेको प्रतियोगितामा मुसिकोट नगरपालिका वडानम्बर -७, को प्रमुख सहकार्य रहेको छ ।

 

प्रतियोगिताको विजेताले नगद एकलाख ११ हजार पुरस्कार पाउने हाम्रो सरोकारका अध्यक्ष रिजन पाण्डेले जानकारी दिनुभयो । त्यस्तै उप विजेताले ७५ हजार र तृतीय हुनेले नगद ४१ हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सान्त्वना हुने टिमले नगद ३१ हजार, मेडल र प्रमाणपत्र पाउने बताइएको छ ।

 

त्यस्तै व्यक्तिगत इभेन्टमा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने छ  । उत्कृष्ट खेलाडी र प्रशिक्षकले तीन-तीन हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट डिफेन्डर, वेस्ट क्विकर र उदयमान खेलाडीलाई नगद दुई-दुई हजारले पुरस्कृत गरिने पाण्डेले बताउनुभयो ।

 

मेलामा भलिबल सहित घैँटो फोर, रसाकसी प्रतियोगिता आयोजना गरिनुका साथै स्थानीय मयुर नाच, सिँगारु नाच र पैंसेरु लगायतका नाचलाई पनि प्रतिस्पर्धा गराइने छ ।

 

प्रतियोगिता १७ गते सम्म सञ्चालन हुने बताइएको छ । परम्परागत रुपमा लाग्ने पापिनि मेला १५ गते सााँझ पापिनीको बिहे गरेपछि १६ गते मेला लाग्ने गर्दछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |