युवाको लगानीमा कृषि सडक निर्माण
64x64
२०८० माघ ०४ बिहिबार प्रेसपालिका संवाददाता
278 Views

रुकुम पश्चिम ४, माघ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका स्थानीय युवाहरुको व्यक्तिगत लगानीमा कृषि सडक निर्माण गरिएको छ । वडानम्बर -७, का तीन जना युवाहरुको लगानीमा सडक निमार्ण गरिएको हो ।

सहरेका अजय रावत, हस्त रावत र भुपाल रावतको पहल तथा लगानीमा करिब पाँच सय मिटर सडक निमार्ण गरिएको भुपाल रावतले जानकारी दिनुभएको छ ।

रोजगार कार्यक्रमबाट दुई बर्ष अघि मान्छेले खनेको सडक गाडी चल्न नमिल्ने भएकाले सडक खनिएको बताइएको छ । हाल सडक वरपर ५० मिटर लम्बाई र २ मिटर उचाईको मेसिनरी वाल लगाउने काम भैरहेको छ ।

सडक निमार्णमा करिब ५६ हजार र मेसिनरी वाल निमार्णमा करिब ९० हजार बराबर लगानी लाग्ने बताइएको छ ।

यस अघि वडाको खानेपानी मर्मत गरेका युवाहरुले सडक निमार्ण गरे संगै अब गाँउमा केन्द्रीय प्रसारण लाईनको बिजुली र सामुदायिक पानी घट्ट निमार्ण गर्ने योजनामा रहेको रावतको भनाइ छ ।

सडक निमार्ण पछि युवाहरुलाई धन्यवाद व्यक्त गर्दै सानीभेरी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष बिर्ख बहादुर बिस्टले आफ्नो गाँउ आफै बनाउन अग्रसर युवाहरुको काम अनुकरणीय भएको बताउनुभयो । त्यस्तै सामाजिक कार्यमा लागेका युवाहरुलाई थप हौसला प्रदानको लागि पालिका बाट पनि बजेट विनियोजन गरिने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News