आठबिसकोटमा भैरवी घाटको सरसफाइ
64x64
२०८० पुष २० शुक्रबार प्रेसपालिका संवाददाता
294 Views

सत्य बटाला, रुकुम पश्चिम २०, पुस ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडानम्बर -९, राडीबजार नजिकै रहेको भैरवी घाटको सरसफाइ व्यवस्थापन गरिएको छ । राडी बजारबाट बगेको फोहर सरसफाइ गर्न जेष्ठ नगरिक दिपाराम उपाध्यायको नेतृत्वमा १८ जना युवाहरुले फोहर व्यवस्थापन गरेको स्थानिय हरि प्रसाद शर्माले बताउनुभयो ।

 

९ नम्बर वडा कार्यालयको आर्थिक सहयेामा भैरब घाट सम्मको बत्तिको लागि वडा कार्यालयले आर्थिक सहयोग गरेको र अन्य बिजुलीका पोल गाड्ने र तार तान्ने लगायत स्थानीय युवाहरुले दुई दिन श्रामदान गरेर भैरव घाट परिसर सरसफाइ गरेका छन् ।

 

जेष्ठ नगरिक उपध्यायको नेतृत्वमा वडानम्बर -९, का युवा वडा सदस्य नवराज मल्ल, सदस्य जानकीदेबि उपाध्यायको उपस्थितिमा स्थानीय शेर बहादुर ओली, हरि बहादुर केसि, गणेश केसि र अशोक मल्लले भैरब घाटको सरसफाइ गरेका हुन् ।

 

त्यस्तै चन्द्रलाल रिजाल, तिलक सिंह, प्रकाश शाही, तिलक चन्द, प्रकाश मल्ल, बिनोद बटाला, तिलक गौतक, राम बहादुर चन्द, रिदम शर्मा, कलस परियार, नारायन मल्ल र हिमन्त चन्द लगायतको उपस्थितिमा भैरबी घाट परिसरमा दुइ दिन श्रमदान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News