पत्रकारद्धारा भुकम्प प्रभावितका अस्थायी आवास निमार्ण
64x64
२०८० मंसिर २४ आइतबार प्रेसपालिका संवाददाता
180 Views

२४ मंसिर,रुकुम पश्चिम

रुकुम पश्चिमका पत्रकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गरेका छन् । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ११ रिठामा शनिवार एक दिन स्वयंसेवा मार्फत जिल्लास्थित पत्रकारहरूले तीन वटा अस्थायी आवास निर्माण गरेका हुन् ।

स्थानीय घमन्डबहादुर चन्द, दीपेन्द्र मल्ल र विमला शाहीको आवास निर्माण गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । काठ, जस्ता लगायतका स्थानीय सामग्रीको प्रयोग गरी अस्थायी आवास निर्माण गरिदिएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुई वटा दुई–दुई कोठे र एउटा चार वटा कोठा निकाल्न मिल्ने आवास निर्माण गरिएको हो ।

 

उक्त ठाउँमा अहिलेसम्म कुनै पनि अस्थायी आवास निर्माण हुन सकेका थिएनन् । सबै भूकम्प प्रभावित पालमुनि बस्दै आएका छन् । रिठामा पहिलो पटक अस्थायी आवास निर्माण भएको अध्यक्ष केसीले बताउनुभयो । अस्थायी आवास पाएपछि भूकम्प प्रभावित मक्ख परेका छन् ।

408192804_10220196112611971_104448011131621462_n1702175962.jpg

विपत्तिको घडीमा पत्रकारहरू पनि साथमा छन् भन्ने सन्देश दिनका लागि एक दिनको स्वयंसेवा मार्फत अस्थायी आवास निर्माणमा खटिएको अध्यक्ष केसीको भनाई छ । ‘यो देखाउनका लागि नभई सन्देशका लागि गरिएको काम हो, हामीले भूकम्प गएको दिन देखि नै पत्रकारिता मार्फत भूकम्प प्रभावितका समस्या उठाइरहेका छौँ, अहिले चिसोले भूकम्प प्रभावितले ज्यान गुमाइरहेको अवस्थामा अस्थायी आवासको निकै आवश्यकता छ, उहाँले भन्नुभयो–अब छिटो भन्दा छिटो अस्थायी आवास बनाउनुपर्छ भन्ने सन्देश दिन हामीले एक दिन स्वयंसेवा गरेका हौँ ।’ अस्थायी आवास निर्माणमा २१ जना पत्रकारहरू खटिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |