भूकम्पबाट मृतक परिवार र दीर्घ रोगीलाई ६ लाख सहयोग
64x64
२०८० मंसिर २४ आइतबार प्रेसपालिका संवाददाता
555 Views

 रुकुम पश्चिम २४, मङ्सिर ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्पका मृतक परिवार र दीर्घरोगीका लागि अमेरीकामा रहेका गोपाल बटालाको नेतृत्वमा अमेरीकाको न्यू ह्याम्पशायरमा रहेको नेपाली कम्युनिटी चर्च लाईभ चर्चले सहयोग पठाएको छ । नेपाली लाइभ चर्च मार्फत ६ लाख रकम मृतकका परिवार र दृर्घरोगीको लागि सहयोग गरिएको हो ।

उक्त रकम सहयोग आठविसकोट नगरपालिकामा रहेको चर्चका पास्टर रमेश कुमार शाहीको खातामा जम्मा गरि वितरण भैरहेको बताइएको छ । जस अन्तर्गत पहिलो चरणमा शनिबार २८ जना मृतकका परिवारलाई १० हजारको दरले वितरण गरिएको पास्टर शाहिले बताउनुएको छ । बाँकी रकम अब केही दिनमा पालिकामा रहेका दीर्घरोगीको विवरण छुट्यायर वितरण गरिने भएको छ । भौतिक रूपमा उपस्थित भएर सहकार्य गर्ने अवस्था नभए पनि भूकम्प प्रभावितबाट मृतक परिवार र दीर्घ रोगीलाई उपचार तथा थप सहयोग हुने गरि सो रकम सङ्कलन गरेर आठविसकोट नगरपालिका रहेको चर्चमा जम्मा गरिदिएको बटालाको भनाई छ ।

उहाँले यस अघि पनि आफूले भूकम्प प्रभाबितका लागि सहयोग पठाएको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |