रुकुम पश्चिम ९, असोज ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडानम्बर -७, मैचुका चन्द्रबहादुर कामी बिगत आठ बर्ष देखि प्यारालाइसिस (पक्षघात) रोगबाट ग्रसित छन् । स्थानीयका अनुसार २०७२ साल देखि उनी प्यारालाइसिस बाट ग्रसित भएका हुन् ।
लामोसमय देखि प्यारालाइसिसबाट ग्रसित कामी अहिले खाना पकाउने अवस्थामा छैनन् । भित्र खाने भित्रै दिसापिसाब गर्ने गरेको आफन्त प्रेम बिकको भनाई छ । सानो झुपडीमा बसेका उनी बर्षायाम नभनी झुपडीमा चुहिएको पानीको तालमा बस्न बाध्य भएको उनको भनाइ छ ।
उनको देब्रे खुट्टा र देब्रे हातले काम गर्न छाडेको छ । श्रीमतीले समेत उनलाई २०७८ सालमा छोडेर गएको आफन्त प्रेमको भनाइ । पहिला श्रीमतीले स्याहार गर्ने गरेको र अहिले श्रीमती गए पछि झन् उनलाई समस्या भएको छ ।
उनले स्थानीय तहबाट (ग) बर्गको अपांग भत्ता खाने गरेका छन् । त्यही अपांग भत्ताबाट उनी दाल चामल, नुन तेल किनेर आफ्नो जीविका गुजार्ने गरेको बताउछन् । त्यही पैसा बाट उनी जीविका गुजारेको र उपचार गर्ने पैसा समेत नभएको उनको दुखेसो छ ।
आफन्तले समेत उनलाई हेर्दैनन् । तर कसैले उपचार गरे उनले नयाँ जीवन पाउने आशा गरेका छन् । आफन्तबाट पछि परेको र उपचार गर्न आफू सङ्ग प्रायप्त पैसा नभएकाले घरमै थला परेको उनको भनाइ छ ।
उनी सङ्ग हाल साना छोराहरु मात्रै छन् । छोराहरु हजुरबुबा सङ्ग बस्ने गरेका छन् । उनको उपचारमा स्थानीय सरकारले समेत वेवास्ता गरेको छ । चन्द्रबहादुरको उपचारमा सहयोग गरे उनको नयाँ जीवन पाउने स्थानीयहरु बताउँछन् । चन्द्रबहादुर अहिले ३२ बर्षका भए ।