सहिदको सम्झनामा पर्यटन पार्क बन्दै
64x64
२०८० जेठ ०८ सोमबार प्रेसपालिका संवाददाता
322 Views

रुकुम पश्चिम ८, जेठ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१३, साधनचौरमा सहिदको सम्झनामा पर्यटन पार्क बन्न लागेको छ । तत्कालीन जनयुद्धको बेला राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका सहिदको सम्झ्नामा सहिद पर्यटन पार्क बन्न लागेको हो ।

वडा अध्यक्ष खलबहादुर खड्काका अनुसार निर्माणाधीन पर्यटन पार्कमा वडानम्बर -१३, का ६ र १४ नम्बर वडाका ५ जना गरि ११ जना सहिदको सालिक राखिने भएको छ । कर्णाली प्रदेश अन्तर्गत पूर्वाधार कार्यालय चौरजहारी मार्फत २० लाख रकममा पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सो रकमले घेराबार, फिल्ड निर्माण र ११ जना सहिदको सालिक बनाउने काम भैरहेको अध्यक्ष खड्काले बताउनुभएको छ । त्यस्तै सालिक निर्माणको काम सकिए लगत्तै पार्कको चारैतर्फ बिरुवा रोप्ने र पार्कलाई थप पर्यटन गन्तव्यको रुपमा विकास गरिने बताइएको छ ।

त्यसका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेर पार्क भित्र भवन निर्मान समेत गरिने अध्यक्ष खड्काको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News