रुकुम पश्चिम ३, बैशाख ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका -७, मा साखँखोला, रेटावाङ, फेचङ, सोताखेत र तङतारा सिंचाई आयोजना सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० अन्तरगत कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास कार्यालय रुकुम पश्चिम र स्थानीयको जनश्रमदान बाट सिंचाई कुलो निर्माण भएको हो ।
१४ लाख ३४ हजार ८ सय ८३ रुपैयाँ लागतमा सिंचाई कुलो निर्माण भएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास कार्यालयबाट १२ लाख ५० हजार र २ लाख २२ हजार ३ सय ८३ बराबरको स्थानीय उपभोक्ताको श्रमदानबाट सिंचाई कुलो निर्माण भएको छ ।
सिंचाई कुलो निर्माण भएसंगै त्यहाँका करिब १ सय १२ घरधुरी लाभान्वित भएका छन् । यस संगै खाद्यान्नबाली, तरकारी लगायत नगदेबाली उत्पादनमा धेरै सहज हुने र खेती गर्न खोजे अब, चैते धान समेत रोप्न सकिने स्थानीय किसान सुनिल पाण्डले जानकारी दिनुभएको छ ।
अब मुहान संरक्षण र आर.सि.सि संगै केही भागहरुको सहायक लाईन जोड्ने काम अधुरो रहेको र त्यसलाई आगामी बजेटमा माग गरि पुरा गर्ने उपभोक्ता समितिका अध्यक्ष रबिलाल ओलीले बताउनुभएको छ ।