बाल कल्ब गठन
64x64
२०७९ माघ २६ बिहिबार प्रेसपालिका संवाददाता
158 Views

रुकुम पश्चिम २६, माघ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडानम्बर -१२, मा वडा स्तरीय बाल कल्ब गठन गरिएको छ । सिर्जना रोकाको अध्यक्षतामा २५ सदस्यीय प्रगतिशिल बाल कल्ब समिति गठन गरिएको हो ।

क्लबको उपाध्यक्षमा बिनिता देवकोटा,  सचिव रमेश आचार्य र सह सचिवमा मेसिका बिक र  कोषाध्यक्ष सरस्वती विक रहेका छन् ।

बालबालिकाको सहभागिताको अधिकार तथा बाल अधिकारको संरक्षण तथा प्रवद्धनका लागि कल्ब गठन गरिएको प्रकाश डाँगीले जानकारी दिनुभयो ।

बुधबार सम्पन्न बालबालिकाको भेलामा चौरजहारी नगरपालिका वडानम्बर -१२, का सचिव सुरेश शाह ठकुरी, जनकल्याण मावि सानाखोलाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम बहादुर खत्री, प्रधानाध्यापक झुपलाल शर्मा, सहायक प्रधानाध्यापक कृष्ण प्रसाद शर्मा लगायत शिक्षक विद्यार्थी तथा बालबालिकाको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News